१५ असार २०८३, सोमबार

जोशीको परिवारले सरकारी सहयोग नलिने

चैत ९, २०७७
जोशीको परिवारले सरकारी सहयोग नलिने


काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका लागि परिवारले सरकारको सहयोग नलिने घोषणा गरेका छन्  । पूर्वमन्त्रीसमेत रहेका जोशी फागुन १४ गते मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत छन् ।
उनको उपचारका लागि मन्त्रिपरिषद् बैठकले गत बिहीबार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार परिवारले उक्त रकम नलिने र बरु निम्न तथा विपन्न वर्गका बिरामीको उपचारका लागि खर्च गर्न सुझाव दिएको छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्