०८ असार २०८३, सोमबार

मुकेश अम्बानीको घरमा बम राखिएको केसमा लहरो तान्दा पहरो, फिल्मी छ कथा

चैत ९, २०७७
मुकेश अम्बानीको घरमा बम राखिएको केसमा लहरो तान्दा पहरो, फिल्मी छ कथा

भारतको मुम्बईमा अर्बपति मुकेश अम्बानीको घरबाहिर एक गाडीमा बम राखिएको घटनाको अनुसन्धानका क्रममा लहरो तान्दा पहरो गएको छ । 

यसै केससँग जोडिएको कडीका रूपमा मुम्बईको एन्टी–टेररिजम स्क्वाड (एटीएस) ले व्यापारी मनसुख हिरेनको हत्याको घटनामा आइतवार दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ परेका मानिसमा एक प्रहरी विनायक शिन्दे हुन् भने अर्का सट्टेबाज नरेश गोरे हुन् । 
 

एटीएसले निलम्बित प्रहरी अधिकृत सचिन वझेलाई मुख्य आरोपित बनाएको छ । 
 

मनसुखको शव १७ दिनअघि भेटिएको थियो । अम्बानीको घरबाहिर विस्फोटक राखिएको स्कोर्पियो मनसुखकै हो । पछि मनसुखले आफ्नो गाडी राजमार्गबाट हराएको सूचना दिएका थिए । 

घटनाको विकासक्रम रोचक छ । फेब्रुअरी २५ मा मुकेश अम्बानीका सुरक्षागार्डहरूले प्रहरीलाई अम्बानीको एन्टिलिया बाहिर अलपत्र अवस्थामा स्कोर्पियो राखिएको बताए । 

बम स्क्वाडले स्कोर्पियो खानतलाश गर्दा विस्फोटक जिलेटिनका २० वटा छड भेटिए । त्यससँगै धम्की दिइएको एक पत्र र चारवटा फर्जी नम्बर प्लेटहरू पनि पाइए । ती प्लेट अम्बानीको कारकेडका कारहरूको नम्बरसँग मिल्थे । गामदेवी प्रहरीले उजुरी दर्ता गरेको थियो । 

फेब्रुअरी २६ मा क्राइम इन्टेलिजेन्स युनिटका असिस्टेन्ट पुलिस इन्स्पेक्टर सचिन वझेलाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइयो । 

त्यसको भोलिपल्ट ठाणेमा बस्ने व्यापारी मनसुख हिरेनले बरामद गरिएको स्कोर्पियो आफ्नो भएको बताए । उक्त स्कोर्पियो फेब्रुअरी १७ देखि गायब रहेको उनको भनाइ छ । गाडीलाई प्राविधिक गडबडी आएपछि बिखरोली ​राजमार्गमा छोडेको उनले बताएका थिए । 

तर सीसीटीभी फूटेजमा बिहान २ः१८ मा एक अज्ञात व्यक्तिले स्कोर्पियोलाई एन्टीलिया नजिक पार्क गरेको र सेतो रंगको इनोभा गाडीमा बसेर गएको देखिन्छ । त्यो इनोभा स्कोर्पियोको पछिपछि गइरहेको थियो । बिहान ३ः०५ मा फर्जी नम्बर प्लेट भएको कार मुलुंड टोल नाकामा देखिएको थियो । 
 

ठाणेदेखि एन्टीलियासम्मका सीसीटीभी फूटेजमा दुवै गाडीका चालकको अनुहार स्पष्टसँग देखिएको थिएन । 

मार्च ४ मा मनसुख हिरेन घरबाट निस्केका थिए अनि फर्केनन् । 

त्यसको भोलिपल्ट उनको शव मुम्ब्रा खाडीमा भेटियो । 

मार्च ६ मा एटीएसले केस लियो । 

मार्च ८ मा केन्द्र सरकारले एनआईएलाई अनुसन्धानका लागि नोटिफिकेसन जारी गर्‍यो । 

मार्च १३ मा सचिन वझेदाई स्कोर्पियोमा विस्फोटक सामग्री राखिएको आरोपमा पक्राउ गरियो । 

मार्च १५ देखि १९ सम्म एनआईएले वझेको कार्यालयबाट कम्प्युटर सीपीयू, कागजात, मर्सिडीज कार जफत गर्‍यो । मर्सिडीजमा ५.७ लाख भारु र नोट गन्ने मशिन थियो । त्यसबाहेक टोयोटा प्राडो कार पजि जफत गरिएको थियो । 

मार्च १९ मा प्रहरी कमिस्नर परमवीर सिंहलाई सरुवा गरियो । उनको स्थानमा हेमन्त नगरालेलाई ल्याइयो । 

त्यसको भोलिपल्ट परमवीर सिंहले महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेलाई एक पत्र पठाउँदै राज्यका गृहमन्त्री अनिल देशमुखले वझेसँग एक महिनामा १०० करोड भारु असुल्न आदेश दिएको बताए । 

मार्च २१ मा गृहमन्त्रीको राजीनामा माग गर्दै महाराष्ट्रभरि विरोध प्रदर्शन गरियो । 
 

एटीएसले मनसुख हिरेन हत्या घटनामा विनायक शिन्दे र नरेश गोरेलाई पक्राउ गर्‍यो । 
 

salt training

कमेन्ट गर्नुहोस्