कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
चैत ९, २०७७
यातायात व्यवस्था कार्यालय कैलालीमार्फत् सवारी चालकको लाइसेन्स लिन ट्रायल दिँदा सास्ती खेप्नुपरेको गुनासो सेवाग्राहीहरूले गरेका छन् ।
त्यहीँका थोत्रा गाडीबाट ट्रायल दिन लगाउने अनि शुल्क असुल्ने गरिएको गुनासो सेवाग्राहीहरूको छ ।
यातायात व्यवस्था कार्यालय कैलालीले धनगढीको फाप्लामा ट्रायल परीक्षा सञ्चालन गरिरहेको छ । बिहान ट्रायल परीक्षा केन्द्रमा सेवाग्राहीको भीड हुन्छ ।
ड्राइभिङ सेन्टर भाडामा लिएर यातायात व्यवस्था कार्यालय कैलालीले त्यहाँ परीक्षा सञ्चालन गरिरहेको हो ।
थोत्रा गाडीबाट ट्रायल दिन लगाएर पनि प्रत्येक सेवाग्राहीबाट एक हजारका दरले रकम लिइने गरेको सेवाग्राही कुमार खड्काले गुनासो गरे ।
‘गाडीहरू पुराना छन्,’ उनले भने, ‘हामीहरूलाई आफ्नो गाडी लिन अनुमति छैन । एकपटक गाडी प्रयोग गरेको एक हजारका दरले तिर्नुपर्ने बाध्यता छ ।’
सेवाग्राहीले शुल्क मात्र तिरिरहेका छैनन्, ड्राइभिङ सेन्टरमा रहेका गाडीहरूको कन्डिसन राम्रो नरहेको गुनासो समेत गरिरहेका छन् ।
बिग्रिएका गाडी राखेर जतिसक्दो धेरै सेवाग्राहीलाई फेल बनाउने गरिएको आरोप धनगढी बोराडाँडीका नरेन्द्रप्रसाद अवस्थीको छ ।
‘थोत्रा बसले ट्रायल परीक्षा दिनु परिरहेको छ,’ उनले भने, ‘गेर हान्दा बस पूरै हल्लिरहेको छ । भीडभाड छ, समयमा परीक्षा दिन पाएका छैनौं । यातायात कार्यालय पनि भ्रष्टाचारको अखडा बन्दै गइरहेको छ ।’
यातायात कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने आरोप खण्डन गरे ।
‘आफ्नै गाडी लिएर आएको खण्डमा हामीले रोकावट लगाएका छैनौँ,’ उनले भने, ‘गाडीको कन्डिसनको सन्दर्भमा यातायात कार्यालयसँग गाडी छैन हामीले ड्राइभिङ सेन्टर भाडामा लिएर परीक्षा सञ्चालन गरिरहेका छौं । गाडीको कन्डिसन हेरेरै हामीले तयार पारेका हौँ यदि अझै पनि कन्डिसन ठीक नभएको खण्डमा हामीले मर्मत गर्छाैं ।’
त्यहाँ राखिएका गाडीहरूको कसैमा ब्रेक नलाग्ने, कसैको क्लोज तल त माथि पारिएको कसैमा इन्डिकेटरले नै काम नगर्ने त कसैमा ब्रेक समेत बिगारिएको सेवाग्राहीहरूको आरोप छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...