०४ असार २०८३, बिहीबार

शिकारमा निस्के पुटिन, स्ट्रङम्यान छवि देखाउने प्रयास (भिडियो)

चैत ९, २०७७
शिकारमा निस्के पुटिन, स्ट्रङम्यान छवि देखाउने प्रयास (भिडियो)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शिकारमा गएको तस्वीरहरू सार्वजनिक गरेका छन् । 

पश्चिमी मुलुकहरूसँग रुसको सम्बन्ध खस्किएको बेलामा पुटिनले स्ट्रङम्यान छवि प्रस्तुत गर्न शिकारको तस्वीर सार्वजनिक गरेका हुन् । 

उनले गत बिहीवार क्राइमिया हात पारेको सातौं वर्षगाँठको अवसरमा एक सांगीतिक कार्यक्रममा समेत भाग लिएका थिए । 
 

साइबेरियामा भेडाको छालाबाट बनेको लुगा लगाएका नयाँ तस्वीरहरू उनले सार्वजनिक गरेका छन् । उनले सबै खाले ठाउँमा चलाउन मिल्ने गाडी हाँकेको र जमेको नदीमाथिको पुल तरेको तस्वीर समेत खिचाएका छन् । 

पछि उनी जंगलमा रक्षामन्त्री सर्गे शोइगुसँग पिकनिकमा सहभागी भएका थिए । टेबलमा भोड्काका ग्लासहरू देखिन्छन् भने बस्ने ठाउँ तताउन जनावरको छाला राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्