
माओवादी केन्द्र सरकारबाट अलग नभएको कारण देखाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले सत्ता समीकरणबारे तत्काल निर्णय नलिने भएको छ । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ ।
कांग्रेसले तत्काल निर्णय नलिएपछि तीन दलीय गठबन्धनको भविष्य अन्योलमा परेको छ । सत्ता गठबन्धनमा देखिएको अन्योल र सत्तारूढ दलभित्रै बढ्दो विवादले संसद् बन्धक बन्ने अवस्था सिर्जना भएको छ । विघटन बदर भएपछि फागुन २३ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो।
त्यसयता चार पटक बैठक बसे पनि प्रतिनिधिसभाले बिजनेस पाएको छैन । सत्तारूढ दलको विवादकै कारण सरकारले प्रतिनिधिसभालाई बिजनेस दिन रोकेको छ । विधेयकहरु अघि बढाउँदा आफ्नै पार्टीको असहयोग हुन सक्ने जोखिम प्रधानमन्त्री केपी शर्मा ओलीले आकलन गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।