
२ लाख २५ हजार रुपैयाँसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
मौलाकालिका गेट नजिकै रहेको ग्रिन फोरेस्टमा जुवा तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटको टोलीले २ लाख २५ हजार नेपाली रुपैयाँ, १ हजार ६ सय भारतीय रुपैयाँ र किसान बचत तथा ऋण सरकारी संस्थाको ४९ हजारको चेक सहित ८ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
मुलुकी अपराध संहिता ऐन , २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।