०३ असार २०८३, बुधबार

बच्चाले ओछ्यानमै गरिदिन्छ पिसाब ? यस्ता छन् रोक्ने उपाय

बैशाख २६, २०७८
बच्चाले ओछ्यानमै गरिदिन्छ पिसाब ? यस्ता छन् रोक्ने उपाय

बच्चाहरूले राति ओछ्यानमा पिसाब गरिदिने सबै घरको समस्या हो । 

बेलुका धेरै पानी पिउँदा, मूत्राशयले पिसाब रोक्न नसक्दा, मूत्राशय पूर्ण रूपमा विकसित नहुँदा, कब्जियत हुँदा, गुलियो कुरा धेरै खाँदा, जेनेटिक कारणले गर्दा, गहिरो निद्रमा जाँदा अनि कहिलेकाहीँ डरका कारण पनि बच्चाले ओछ्यानमा पिसाब गरिदिन्छ ।

यसलाई रोक्ने घरेलु उपायहरू छन् ।
 

दालचिनी
दालचिनीले इम्युनिटी बढाउँछ र बच्चालाई ओछ्यानमा पिसाब गर्ने समस्यालाई पनि नियन्त्रण गर्छ । दिनमा एकपटक बच्चालाई दालचिनी चपाउन दिनुस् । बच्चाले त्यो खान मन पराएन भने त्यसलाई पिँधेर धूलो पार्नुस् र दूधमा हालेर पिउन दिनुस् ।
 

जैतूनको तेल
भिटामिन ए र ओमेगा एसिड भएको जैतूनको तेल बच्चाहरूको मस्तिष्क विकासमा उपयोगी हुन्छ । यसले ओछ्यानमा पिसाब गर्ने समस्याबाट पनि मुक्ति दिन्छ । 

अलिकति तेल लिनुस् र हलुका तताएर बच्चाको पेटमा गोलोगोली घुमाउँदै मालिश गर्नुस् । राति सुत्नुअघि यसो गर्दा केही दिनमै फरक देखिनेछ । 

अमला
अमलामा भिटामिन सी र एन्टीअक्सिडेन्ट हुन्छन् र यिनले बच्चाहरूलाई संक्रमणबाट बचाउनुका साथै पाचनलाई पनि बढाउँछन् । मूत्राशयको संक्रमणबाट बच्नका लागि यो लाभदायक हुन्छ र राति सुत्दा अचानक पिसाब आउने समस्याबाट यसले राहत दिन्छ । 

एक चम्चा अमलाको धूलो मनतातो पानीमा मिसाउनुस् र अलिकति मरिच पनि राख्नुस् । त्यसको काडा बच्चालाई दिनदिनै पिलाउनुस् । 

सक्खर
शरीर तातो भएमा राति सुत्दा बच्चाले पिसाब गर्दैन । सक्खर खाँदा शरीर तात्छ र पिसाब छोड्ने समस्याबाट मुक्ति दिन्छ । 

एक चम्चा सक्खरलाई एक गिलास मनतातो पानीमा राखेर बच्चालाई पिउन दिनुस् । यसले ओछ्यानमा पिसाब गर्ने समस्या हराउँछ ।
 

salt training

कमेन्ट गर्नुहोस्