२३ जेठ २०८३, शनिबार

अमेरिकाको कोलोराडोमा गोलीकाण्डमा मर्नेको संख्या १० पुग्यो

चैत १०, २०७७
अमेरिकाको कोलोराडोमा गोलीकाण्डमा मर्नेको संख्या १० पुग्यो

अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डरस्थित एक सुपरमार्केटमा गोलीकाण्ड हुँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
 

बोल्डरका प्रहरी प्रमुख मारिस हेरोल्डले पत्रकार सम्मेलनमा मृत्युसंख्याको घोषणा गर्दा आँसु रोक्न सकेनन् । 

मारिएका अधिकारी ५१ वर्षीय एरिक ट्याली थिए । उनी बोल्डर प्रहरीमा सन् २०१० देखि कार्यरत छन् । 

पीडितहरूको परिवारलाई अझै पनि सूचना दिइँदै गरेकाले नाम सार्वजनिक नगरेको जिल्ला न्यायाधिवक्ता माइकल दोअर्टीले बताए । 

एकजना व्यक्तिलाई हिरासतमा लिइएको छ । कुन उद्देश्यले उसले हत्या गरेको हो भन्ने खुलाइएको छैन । हिरासतमा लिइएको व्यक्ति घटनामा घाइते भएको बोल्डर प्रहरी विभागका कमान्डर केरी यामागुचीले बताए । 
 

कोलोराडोका कायमुकायम न्यायाधिवक्ता म्याथ्यु किर्श्चले अनुसन्धानमा पूरा बल लगाउने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्