३० जेठ २०८३, शनिबार

विश्व मौसम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

चैत १०, २०७७
विश्व मौसम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष २३ मार्चमा मनाइने विश्व मौसम दिवस मंगलवार विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विश्व मौसम संगठन स्थापना भएको दिन (सन् १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रूपमा विश्व मौसम दिवस मनाइन्छ ।  

यस वर्षको मौसम दिवसको नारा ‘समुद्र, जलवायु र मौसम’ रहेको छ । जसले मौसम तथा जलवायुको महासागरसँगको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । पृथ्वीको करीब ७१ प्रतिशत भाग समुद्रले ढाकेको छ ।

मौसम तथा जलवायुको उतारचढावमा समुद्रको ठूलो प्रभाव छ । विश्वव्यापी रुपमा दिनप्रतिदिन भूमण्डलीय तापमानमा भइरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरूपमा परिवर्तन भइरहेको छ । 

हिमालका हिउँ पग्लँदै गइरहेको छ । समुद्रमा पानीको सतह बढ्दै गइरहेको अवस्था छ । मौसम प्रणालीको स्वरुपमा अस्वाभाविक  फेरबदल भइरहेको छ । फलस्वरुप नेपालमा पनि अत्यधिक गर्मी, खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ जस्ता विषम मौसमी अवस्थामा बढोत्तरी भइरहेको छ । 

यस्ता मौसम र जलवायुजन्य विपद्बाट प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनीकरण हाम्रा लागि प्रमुख चुनौती बनेको छ । मौसमपूर्वानुमानलाई समयसापेक्ष सही, भरपर्दाे र विश्वसनीय बनाउन तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तार तथा जलवायुको विश्लेषण र आकलनलाई थप प्रभावकारी बनाउने विषयलाई विभागले उच्च प्राथमिकताका साथ जानकारी गराउँदै आइरहेको जनाएको छ । 

विश्व मौसम दिवसको आजको दिनले सर्वसाधारणदेखि नीतिनिर्माताको तहसम्म मौसम तथा जलवायुको महत्त्वबारे ध्यानाकर्षण गर्दै सचेतना जगाउने अपेक्षा विभागले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्