०५ असार २०८३, शुक्रबार

बाघको छाला तथा हाडसहित १ जना पक्राउ

चैत १०, २०७७
बाघको छाला तथा हाडसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

लमजुङमा बाघको छाला तथा हाडसहित प्रहरीले १ युवालाई पक्राउ गरेको छ ।

दोर्दी गाउँपालिका–६ सिमीका ३४ वर्षीय मनराज गुरुङलाई छाला तथा हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

‘बाघ मारेर बाघको छाला तथा हड्डी तस्कर गर्दै आएको छ भन्ने विषेश सूचनाका आधारमा प्रहरी नै केही हप्ता अघिदेखि ग्राहक बनेर ती युवालाई पक्राउ गर्न सफल भयौं,’ उनले भने ।

ती युवालाई सोमवार राति घरमै रहेको अवस्थामा पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ । 

गुरुङलाई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि मंगलवार डिभिजन वन कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पुनको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार सो घटनासम्बन्धी अनुसन्धान भइरहेको र दोषी ठहर भएमा कानूनी कारवाही हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्