०३ असार २०८३, बुधबार

भोट माग्न जाँदा नेताले देखाए मार्शल आर्ट

चैत ११, २०७७
भोट माग्न जाँदा नेताले देखाए मार्शल आर्ट

भारतको तमिलनाडु विधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचारले पनि तीव्रता पाएको छ । 

मतदाताहरूलाई लोभ्याउनका लागि प्रमुख दलहरूका उम्मेदवार लागिपरेका छन् । 

यसैक्रममा कुम्भकोणममा एआईएडीएमके फ्रन्टका श्रीधर वांडायरले सिलंबम युद्धकला प्रदर्शन गरेका छन् । उक्त युद्धकला गरिरहेका युवकहरूको एक समूहलाई देखेपछि उनी पनि बाँसको लट्ठी लिएर घुमाउन थालेका थिए । 
 

सिलंबम तमिलनाडुको एक प्रकारको मार्शल आर्ट हो । यो तमिल शब्द सिलम (पहाड) र बम (बाँस) बाट मिलेर बनेको हो । खेलमा प्रयोग गरिने बाँस केरलको कुरिनजी पहाडमा पाइने विशेष बाँस हो । 

यो संसारको सबभन्दा प्राचीन मार्शल आर्टमध्ये एक मानिन्छ । विगत पाँच हजार वर्षदेखि यो अस्तित्वमा रहेको विश्वास छ । 
 

तमिलनाडुमा ६ अप्रिलमा चुनाव हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्