०२ असार २०८३, मंगलबार

यी युवतीलाई लाग्यो सुन्दर अनौठो रोग, युवकलाई देख्नेबित्तिकै खुट्टा काँपेर लड्छिन्

बैशाख २६, २०७८
यी युवतीलाई लाग्यो सुन्दर अनौठो रोग, युवकलाई देख्नेबित्तिकै खुट्टा काँपेर लड्छिन्

बेलायतमा बस्ने एक महिलालाई निकै अनौठो रोग लागेको छ । 

मस्तिष्कको एक समस्याका कारण उनी सार्वजनिक स्थानमा टाउको झुकाएर हिँड्न बाध्य छिन् । उनले सुन्दर युवक देख्नेबित्तिकै गोडा काँप्ने र लड्ने डरका कारण यसो गर्न बाध्य भएकी हुन् । 

३२ वर्षकी क्रिस्टी ब्राउन इंग्ल्यान्डको चेशायर शहरमा बस्छिन् । उनलाई केटाप्लेक्सी नामक रोग लागेको छ । क्रोध, खुशी वा डर जस्ता बलिया भावका कारण यो डिसर्डर आउँछ अनि मांसपेशी पक्षघात भएजस्तो हुन्छ र क्रिस्टी लड्न खोज्छिन् । 

यसका बारेमा क्रिस्टीले बताइन्, ‘यो लाजै लाग्ने समस्या हो । सुन्दर युवक देख्नेबित्तिकै मेरो गोडा काँप्न थाल्छ र सम्हालिइनँ भने लड्ने डर हुन्छ । त्यसैले सुरक्षाका लागि म सार्वजनिक स्थानमा टाउको झुकाएर हिँड्ने गर्छु ।’
 

salt training

कमेन्ट गर्नुहोस्