३० जेठ २०८३, शनिबार

होली पर्व घरभित्रै मनाउन काठमाडौं प्रशासनको अनुरोध, नमाने कारवाही

होली पर्व घरभित्रै मनाउन काठमाडौं प्रशासनको अनुरोध, नमाने कारवाही

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेकाले होली पर्व घरभित्रै मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रशासकीय अधिकृत रमा घिमिरेले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जनाइएको छ ।

घरबाहिर, सार्वजनिक स्थल, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क, स्यानिटाइजर र सामाजिक भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्