३० जेठ २०८३, शनिबार

काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फेला परेको थियो । शिवकुमारको हत्या उहाँकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्