
भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि संक्रमण र मृत्यु संख्या ह्वात्तै बढेर गएको छ ।
यस प्रकारलाई डबल म्युटेन्ट भनिन्छ र यो महाराष्ट्र राज्यका २०० भन्दा बढी स्याम्पलमा देखिएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार, नयाँ प्रकारलाई महराष्ट्रमा बढेका संक्रमणसँग जोड्ने गरी पर्याप्त संख्या भने देखिएको छैन ।
संक्रामक रोग विशेषज्ञहरूका अनुसार, डबल म्युटेन्टसँग पहिले नै पहिचान गरिएका दुई प्रकार विद्यमान छन् ।
‘डबल म्युटेन्ट वैज्ञानिक शब्दावली हैन । यो भारतमा मात्र देखिएको अर्को म्युटेन्ट मात्र हो,’ सेन्टर फर डिजीज डाइनामिक्स, इकोनोमिक्स यान्ड पोलिसीका संस्थापक रमनन लक्ष्मीनारायणले बताए ।
‘यस विशेष प्रकारका चिन्ता लिनुपर्ने स्थिति छ ? अहिलेसम्म त छैन किनकि यी प्रकारहरू अहिले पाइने भन्दा बढी संक्रामक वा घातक छन् भन्ने प्रमाण हामीसँग छैन,’ उनले बताए ।
महाराष्ट्रमा भेटिएको नयाँ प्रकारमा पाइने लगभग २० प्रतिशत नागपुरमा पाइएको नेसनल सेन्टर फर डिजीज कन्ट्रोलका सुजीत कुमार सिंहले पत्रकार सम्मेलनमा बताए ।
यो नयाँ प्रकार विकसित भइरहेको र यस्ता नौवटा स्याम्पल नयाँ दिल्लीमा पनि भेटिएको उनको भनाइ छ । दिल्लीमा संक्रमण क्रमशः बढिरहेको छ ।