२५ असार २०८३, बिहीबार

५ लाख ९४ हजारले पाए ज्योति लाइफको आईपीओ, तपाईंलाई पर्यो ? यसरी हेर्नुस्

५ लाख ९४ हजारले पाए ज्योति लाइफको आईपीओ, तपाईंलाई पर्यो ?  यसरी हेर्नुस्

ज्योति लाइफको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । 

ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ ।

पछिल्लो व्यवस्था अनुसार लगानीकर्ताले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर मोबाइल एप र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।

आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी पोर्टलमा पनि आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्