
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल (खनाल–नेपाल) पक्ष शुक्रवारको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।
नेपाल र खनाल भने संसदीय दलको बैठकमा सहभागी सहभागी नहुने भएका छन् ।
काठमाडौंको कलंकी स्थित मेगा पार्टी प्यालेसमा शुक्रवार बसेको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य एवं सांसद् जीवनराम श्रेष्ठले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । यसअघि चैत्र ४ र ७ गते बसेको संसदीय दलको बैठकमा नेपाल पक्ष उपस्थित भएका थिएनन् ।
संसदीय दलको बैठक प्रधानमन्त्री निवास बाहिर राख्न माग गर्दै नेपाल पक्षका सांसदहरुले शनिवार ओलीलाई विरोध पत्र बुझाएका थिए ।
संसदीय दलको बैठकमा सहभागी हुनु पर्ने धेरै सांसदको जोडका कारण खनाल र नेपाल बाहेका सांसदहरु बैठकमा सहभागी हुने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।