०३ साउन २०८३, आइतबार

केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउन खनाल–नेपाल पक्षको माग

केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउन खनाल–नेपाल पक्षको माग

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल (खनाल–नेपाल) पक्षले सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेकै अवस्थामा फर्काउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्ने निर्णय गरेको छ । 
कलंकीस्थित एक पार्टी प्यालेसमा शुक्रवार भएको खनाल नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो । 

बैठकपछि केन्द्रीय सदस्य ठाकुर गैरेले सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा फर्काउन निर्णय भएको जानकारी दिए ।

नेपाल पक्षको अनुपस्थितिमा चैत्र ७ गते बसेको एमाले केन्द्रीय समिति बैठकले दशौं महाधिवेशनको मिति तोक्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको थियो । 

खनाल नेपाल पक्षको आजको बैठकले संसदीय दलको बैठकमा जाने र आफ्नो कुरा प्रष्ट राख्ने निर्णय भएको गैरेले जानकारी दिए । संसदीय दलको बैठक दिउसो ३ बजे बालुवाटारमा बस्दैछ ।

शुक्रवारको संसदीय दलको बैठकमा नेपाल र खनाल भने सहभागि नहुने अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्