१९ असार २०८३, शुक्रबार

म्यान्मारमा ३०० भन्दा बढी विरोधकर्ताको हत्या

चैत १३, २०७७
म्यान्मारमा ३०० भन्दा बढी विरोधकर्ताको हत्या

म्यान्मारमा फेब्रुअरी १ मा गरिएको कूको विरोधमा मारिएका मानिसहरूको संख्या ३०० कटेको छ । 
 

असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक संस्थाले शुक्रवारसम्म ३२० जना मारिएको जनाएको छ । तर आफूसँग दस्तावेजीकरण गरिएको संख्या मात्र भएको र मृतकको संख्या झन् बढी हुन सक्ने उसको भनाइ छ । 
 

बिहीवारसम्ममा २९ सय ८१ जनालाई पक्राउ गरिएको, आरोप लगाइएको वा सजाय दिइएको पनि उक्त समूहले जनाएको छ । 

सेनाले गरेको कूका विरुद्ध गरिएको आन्दोलनलाई समर्थन पुग्नेगरी अमेरिका र बेलायतले कठोर प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । 
 

म्यान्मारको भद्र अवज्ञा आन्दोलनले अर्थतन्त्रलाई तारो बनाउँदै सेनालाई शासन गर्नका लागि अप्ठ्यारो स्थिति बनाउन खोजेको छ । सरकारी कर्मचारीलाई काम नगर्न, बैंक बन्द गर्न र विदेशी कम्पनीहरूको लगानी रोक्न उसले आह्वान गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्