०२ असार २०८३, मंगलबार

पार्टी एकतालाई ध्यान दिनुपर्छ : खनाल

पार्टी एकतालाई ध्यान दिनुपर्छ : खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन् ।

झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।

उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताए ।  

एमालेका नेता माधवकुमार नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिए ।

उनले अदालतको गरेको फैसला स्र्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताए ।

salt training

कमेन्ट गर्नुहोस्