३१ असार २०८३, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष अन्तरवार्ता LIVE

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष अन्तरवार्ता LIVE


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन आफ्नो शोख या इच्छा नभएको बताएका छन् । लोकान्तर डट्कमलाई शनिवार दिएको विशेष अन्तरवार्तामा ओलीले सभामुख अग्नि सापकोटाको भूमिकाप्रति पनि निकै गुनासो गरेका छन् ।

‘प्रतिनिधि सभा विघटन मेरो शोख होइन, मेरो इच्छाले गरेको होइन, बाध्यताले गरेको थिएँ, अब पनि मेरो कुनै शोख छैन । यदि संविधानले धकेलेर त्यही पुर्‍यायो भने म गरुँ के ?  संविधानले फेरि अर्को प्रक्रियाबाट पनि त्यही पुर्‍यायो भने तपाईं गर्नुहुन्छ के त ?' उनले भने ।

जसपासँगको सत्ता साझेदारी र सांसद रेशम चौधरीको रिहाइ, पुष्पकमल दाहाल प्रचण्डसँगको आगामी सहकार्यको सम्भावना, माधव नेपाल समूहसँग गर्ने व्यवहार र कार्वाही तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्वन्धबारे प्रधानमन्त्री ओलीले खुलस्त संवाद गरेका छन् ।
हेर्नुहोस्, लोकान्तर डट्कमका प्रधान सम्पादक विमल गौतमले प्रधानमन्त्री ओलीसँग गरेको सवा घण्टा लामो विशेष अन्तरवार्ता

salt training

कमेन्ट गर्नुहोस्