
भारतको उत्तर प्रदेशमा रहेको कोतवाली देहात प्रहरी चौकीमा राखिएको १५ सय कार्टुन रक्सी हराएपछि त्यहाँ तैनाथ प्रहरी अधिकारीहरूले मुसाले पिइदिएको दाबी गरेका छन् ।
मुसाहरूले अवैध रक्सी राखेको प्लास्टिक क्यानलाई चपाएको, शीशाका बोतल फुटाइदिएको र रक्सी राखेको झोला काटिदिएको बताएका छन् ।
मुसाहरूले १४ सय ५९ कार्टुन रक्सी गायब बनाएका होलान् र भनी शंका गरी अलीगढका एक आईपीएस अफिसलाई अनुसन्धान गर्न लगाइएको थियो । त्यति रक्सीको मोल ३५ लाख भारु थियो ।
आरम्भिक छानबिनमा पत्ता लागेअनुसार, प्रहरीले बरामद गरेको रक्सी बन्तु यादव नामक ग्यांग्सटरलाई बेचेको पाइएको छ । उनलाई नक्कली ढाबा चलाएको विषयमा शुक्रवार पक्राउ गरिएको थियो । यस मुद्दामा एसएचओ इन्द्रेशपाल सिंह पनि आरोपित छन् र फरार छन् ।
जिल्ला मजिस्ट्रेट विभा चहल र वरिष्ठ एसपी सुनिल कुमार सिंहले प्रहरी चौकीको मालखानामा छड्के गर्दा १४ सय ५९ कार्टुन रक्सी हराइरहेको पाए । समन गरिएको भए पनि एसएचओ इन्द्रेशपाल सिंह र हेड क्लर्क रसाल सिंह स्पष्टीकरण दिएनन् ।
मजिस्ट्रेट चहलले एसएचओ र हेर्ड क्लर्कविरुद्ध एफआईआर दर्ता गरिने र दुवैलाई निलम्बन गरिएको बताइन् ।