
होलीमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर महानगरीय ट्राफिक प्रहरीले उपत्यकाको ९० ठाउँमा चेकिङ राखेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले होली सवारी नियम तोड्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने खालका गतिविधि नियन्त्रण गर्नको लागि ९ सय ट्राफिक प्रहरी परिचालन गरेको बताए ।
‘होली मोटरसाइकलमा ३/४ जना बस्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई नियन्त्रण गर्नको लागि ९ सयको हाराहारी ट्राफिक प्रहरी परिचालन गरेका छौं,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने ।
यस्तै महानगरीय प्रहरी कार्यालय पनि जबरजस्ती रंग दल्ने र लोला हान्नेलाई पक्राउ गर्ने गरी सुरक्षा योजना बनाएको बताएको छ ।