२९ जेठ २०८३, शुक्रबार

इन्डोनेसिया : चर्चमा आत्मघाती आक्रमण हुँदा १४ जना घाइते

चैत १५, २०७७
इन्डोनेसिया : चर्चमा आत्मघाती आक्रमण हुँदा १४ जना घाइते

इन्डोनेसियाको मकस्सर शहरमा रहेको एक क्याथोलिक चर्चमा आइतवार दुईजना आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा १४ जना मानिस घाइते भएको देशको राष्ट्रिय प्रहरीले जनाएको छ । 
 

ईस्टर पवित्र साताका अवसरमा चर्चमा भेला भएका व्यक्तिहरूलाई तारो बनाउँदै विस्फोट गराइएको प्रहरीको भनाइ छ । 

आत्मघाती आक्रमणकारीहरू कुन अतिवादी समूहका हुन् भनी अधिकारीहरूले छानबिन गरिरहेका छन् । केही समयअघि पक्राउ परेका लडाकूहरूसँग यिनको कुनै साइनो छ कि भनेर पनि खोजी गरिएको राष्ट्रिय प्रहरीका प्रवक्ता आर्गो युवोनोले बताए । 

गत जनवरी महिनामा प्रतिआतंकवादी इकाइले मकस्सरमा लडाकूहरू लुकेको ठाउँमा छापा मारेर दुईजनाको हत्या गरेको थियो । सन् २०१९ मा एक फिलिपिनो चर्चमा गरिएका दुई बम आक्रमणमा तिनीहरूको संलग्नताको आशंका गरिएको थियो । 

चर्चका फादर विल्हेमुस तुलकले आरोपित बम आक्रमणकारी मोटरसाइकल चढेर चर्चको प्रांगणमा आएको तर उनलाई सुरक्षा गार्डले रोकेको बताए । 

सीसीटीभी फूटेजमा विस्फोटका कारण आगो लागेको, धूवाँ उडेको र सडकको बीचसम्म टुक्राटाक्री पुगेको देखिन्छ । 

कुनै समूहले घटनाको जिम्मेवारी लिइसकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्