बलिउड अभिनेत्री परिणीति चोपडाको नयाँ फिल्म साइना शुक्रवार रिलीज भएकोमा फ्लप भएको छ ।
फिल्मको ट्रेलरप्रति दर्शकहरूको उत्साह देखिएको भए पनि हलमा फिल्म हेर्न खासै मानिस आएनन् ।
फिल्म भारतकी प्रतिभाशाली तथा पुरस्कृत ब्याडमिन्टन खेलाडी साइना नेहवालको जीवनकथा हो ।
परिणीतिका पछिल्ला फिल्महरू सन्दीप और पिंकी फरार र द गर्ल इन द ट्रेन पनि फ्लप भएका थिए ।
एकजना ट्विटर प्रयोगकर्ताले सही समयमा फिल्म रिलीज गरेको भए साइना हिट हुने थियो होला भनी लेखे ।
त्यसमा प्रतिक्रिया दिँदै परिणीतिले कोभिड–१९ को विषम परिस्थितिमा फिल्म रिलीज गर्दा बक्स अफिसमा खासै जादू नदेखाएको तर आलोचक तथा दर्शकको माया आफूले पाएको बताइन् ।