२४ असार २०८३, बुधबार

जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प

जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प

जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । 

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन । 

गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्