काठमाडौँ उपत्यकाभित्रिने मुख्यनाकाकारूपमारहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजारनिर्माण हुने भएको छ ।
बजारनिर्माणका लागिजग्गा अधिग्रहण र डिजाइनसमेत तयार भइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । जापानीप्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ ।
सडक विभागकामहानिर्देशकअर्जुनजङ्ग थापाले सुरुङमार्ग भएरयात्रागर्ने यात्रीको सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिए । उनकाअनुसार सो ठाउँमा बजारविकासको काम सुरु भइसकेको छ ।
उनले भने, ‘‘जापानलगायतकाअन्यमुलुकमा समेत सुरुङमार्गमाप्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आरामगर्ने रआवश्यक सरसमानखरिद गर्ने तथा सवारी साधनको समेत सामान्यमर्मत सम्भारगर्न सुरुङमार्गको प्रवेशद्वारमा‘सर्भिस सेन्टर’निर्माण गरिएको हुन्छ । सोहीअवधारणाअन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि‘सर्भिस सेन्टर’निर्माण गर्न लागिएको हो । ’’
महानिर्देशकथापाअनुसार सुरुङमार्ग निर्माण आयोजनाकै चौथो काम (कम्पोनेन्ट)अन्तर्गत निर्माण हुनलागेको सो बजारमाअन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर, होटल, रेस्टुरेन्ट, पेट्रोल पम्प, प्रदर्शनीस्थल, सार्वजनिकशौचालय, गाडी मर्मत केन्द्रलगायतका संरचनानिर्माण गरिनेछ । त्यसैगरी स्थानीयकिसानको कृषिजन्यउत्पादनतथा परम्परागत हस्तकला उत्पादनकालागि छुट्टै स्टल निर्माण गरिनेछ ।
त्यसैगरी एकै पटकमा कम्तीमा ५० वटा चारपाङ्ग्रे सवारी साधनपार्किङगर्न मिल्ने पार्किङस्थलनिर्माणका साथै यात्रुलाई खुला ठाउँमा घुमफिरगर्न बजारनजिकै आकर्षक बनाउन बगैँचासमेत निर्माण गरिनेछ । सवारी चालकहरू गाडीहरू एकछिन भएपनिफ्रेस हुनपाउँदा सडक दुर्घटनामा समेत कमीआउने विश्वास गरिएको महानिर्देशक थापाको भनाइ छ ।
उनले भने, ‘‘मुलुकको पूर्वााधारविकासको पहिलो प्राथमिकताप्राप्त सो आयोजनाको पहिलो कम्पोनेन्टअन्तर्गत सुरुङमार्ग, दोस्रो कम्पोनेन्टअन्तर्गत पहुँचमार्ग, तेस्रो कम्पोनेन्टअन्तर्गत फ्लाई ओभररचौथो कम्पोनेन्टअन्तर्गत सो सर्भिस सेन्टरनिर्माण गरिनेछ । ’’निर्माण कम्पनीले सुरुङमार्गसँगै सो बजारसमेत निर्माण गरी सरकारले हस्तान्तरण गर्ने गरी सम्झौताभएको महानिर्देशकथापाले बताए ।
बजारको सम्पूर्ण पूर्वाधारतयार गरी सडक विभागले त्यसको व्यवस्थापनतथा सञ्चालनको जिम्मा सुरुङमार्गसँगै रहेको धुनीबेँसी नगरपालिकालाई दिने सरकारको योजनारहेको महानिर्देशकथापाले जानकारी दिए । सो ठाउँमा बजारको निर्माण तथा सञ्चालनले स्थानीयमौलिकउत्पादनले बजारपाउनुका साथै स्थानीयले रोजगारी पाउनेछन् । यसबाटस्थानीयकोे जीवनस्तरउकासिने विश्वास गरिएको उनले बताए ।
महानिर्देशकथापाले भने, ‘‘निर्माणाधीन सर्भिस सेन्टर नेपालको इतिहासमा नै पहिलो पटक राजमार्गका यात्रुलाई लक्षित गरी निर्माण गर्न लागिएको हो । अहिलेसम्म नेपालको कुनै पनि राजमार्गमा यात्रु लक्षित गरी सर्भिस सेन्टरनिर्माण गरिएको छैन । ’’विकसित मुुलुकको राजमार्गमाकरिब ४०/५० किलोमिटरको दूरीमा यसप्रकारका सर्भिस सेन्टरनिर्माण गरिएको हुन्छ ।
जापान सहयोग नियोग (जाइका)को करिब १६ अर्ब रुपियाँ सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण भइरहेको छ । सोहीलागतअन्तर्गत नै सर्भिस सेन्टरनिर्माण गर्न लागिएको उनले बताए । गोरखापत्र दैनिकमा भउच प्रसाद यादवले खबर लेखेका छन् ।