२३ जेठ २०८३, शनिबार

ललितपुर प्रहरीले सवारी चालकमा पहिलो पटक परिक्षण गर्‍यो लागूऔषध सेवनको अवस्था

ललितपुर प्रहरीले सवारी चालकमा पहिलो पटक परिक्षण गर्‍यो लागूऔषध सेवनको अवस्था

महानगरीय प्रहरी परिसर ललितपुरले पहिलो पटक सवारी चालकले लागूऔषध सेवन गरे नगरेको परिक्षणको शुरूवात गरेको छ । 

आइतवार फागु पूर्णिमालाई सुरक्षित बनाउनको लागि ललितपुरको १३ ठाउँमा लागूऔषध सेवन गरेको नगरेको परिक्षण गरिएको महानगरीय प्रहरी प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् । 

परिक्षणको क्रममा ७ जनाको परिक्षण गर्दा ३ जनाले लागूऔषध पोजेटिभ अर्थात सेवन गरेको पाइएको परिसर ललितपुरले जनाएको छ । 

परिसरले र्यापिड टेष्ट किटले परिक्षणको सुरुवात गरेको थियो । 

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३५ जनालाई कारवाही गरेको छ भने १६५ सवारी साधन होल्ड गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्