०६ असार २०८३, शनिबार

जब विप्लव हँसिया लिएर गहुँ काट्न खेतमा पुगे

जब विप्लव हँसिया लिएर गहुँ काट्न खेतमा पुगे
तस्वीर सौजन्यः अथक क्रान्तिकारी

भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गहुँ काट्न खेतमा पुगेका छन् ।

निलो ट्रयाक सुट र टोपी लगाएर विप्लव खेतमा गहुँ काट्दै गरेको तस्वीर उनका एक सहयोगीले सार्वजनिक गरेका छन् । 

‘कम्युनिस्ट विचार र आदर्श, श्रम र उत्पादनसँग जोड्नुपर्छ । श्रम र उत्पादनसँग जोडिएको कम्युनिस्ट दर्शनले मात्रै वैज्ञानिक समाजवादको आधार तयार गर्छ । श्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टी महासचिव कमरेड,’ गहुँ काट्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनका सहयोगीले लेखेका छन् । 

विप्लवले हालै तराईको जिल्लामा गएर गहुँ काट्दै गरेको तस्वीरमा देखिन्छ । विप्लवको परिवार अहिले कपिलवस्तु जिल्लामा बस्दै आएको छ । 

कम्युनिस्टहरू श्रम गर्न छाडेर विलासितामा लागेर कम्युनिस्ट आदर्शबाट च्युत भएको आरोप उनले लगाउँदै आएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि कम्युनिस्ट आचरण पालना गर्न हप्तामा केही घण्टा खेतबारीमा श्रम गर्ने गरी तयारी गरेको नेकपा स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्