०६ असार २०८३, शनिबार

उन्नती लघुवित्तको शेयर मूल्यमा सर्किट ब्रेक, अजोड इस्योरेन्स र महिला लघुवित्तको शेयरमूल्यमा पनि उच्च वृद्धि

उन्नती लघुवित्तको शेयर मूल्यमा सर्किट ब्रेक, अजोड इस्योरेन्स र महिला लघुवित्तको शेयरमूल्यमा पनि उच्च वृद्धि

सोमवार शेयर बजारमा उतारचढाव देखिएको छ । 

आइतवार सार्वजनिक बिदा हुँदा सोमवार मात्रै खुलेको शेयर बजारमा नेप्से परिसूचक ५.७९ अंकले बढेको छ भने शेयर बजार २५५४.७६ विन्दुमा पुगेको छ । 

समाचार तयार पार्दासम्म कारोबारमा आएका कुल २ सय ४ कम्पनीको करिब २ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दै २ हजार ७ सय ६१ रुपैयाँ पुगेको छ । 

यस्तै अजोड इन्स्योरेन्स लिमिटेड र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेका छन् । यी दुई कम्पनीहरूको शेयरमूल्य क्रमशः ९.९२ प्रतिशत र ९.८५ प्रतिशतले बढ्दै क्रमशः ७७६  रुपैयाँ र ५९१ रुपैयाँ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्