
रक्सीको नशामा परेपछि ठूलठूला मानिस पनि अनौठा हर्कत गर्न थाल्छन् । सामान्य मानिसको पनि यही हालत हो ।
केही मानिस चाहिँ रक्सी लागेपछि भटाभट अंग्रेजी बोल्न थालछन् । गैरअंग्रेज मानिसलाई रक्सी लागेपछि अंग्रेजीमा फरर बोलेको सुन्न सकिन्छ ।
के हो यसको कारण ?
जर्नल अफ साइकोफर्माकोलोजीमा छापिएको एक अनुसन्धान लेखका अनुसार, अल्कोहल शरीरमा पुगेपछि मानिसमा आत्मविश्वास बढ्न थाल्छ । त्यसैक्रममा मानिस आत्मविश्वासी भएर अंग्रेजीमा कुरा गर्न थाल्छ । सामान्य बेलामा बोल्न हिचकिचाए पनि रक्सी पिएको बेलामा मानिसले अंग्रेजी बोलिदिन्छ ।
अनुसन्धानले देखाएबमोजिम, केही मानिसको व्यक्तित्वलाई रक्सीले परिवर्तन गरिदिन्छ । होशमा रहँदा हिचकिचाउने मानिस पनि रक्सी पिएपछि कुनै कुरामा फोकस गर्न सक्ने हुन्छन् र अंग्रेजी बोल्न थाल्छन् ।
त्यसो त अंग्रेजी बोल्नेबाहेक मानिसले सामान्य अवस्थामा गर्न हिचकिचाउने अन्य काम पनि गर्छन् । उनीहरूमा आत्मविश्वास जागेर मस्ती गर्ने सोच पलाउँछ । नाच्ने गाउने काम पनि उनीहरू गरिदिन्छन् ।