
रुसका राष्ट्रपतिलाई अपमान गर्ने व्यक्तिका लागि कठोर कारावास सजायको व्यवस्था गर्नुपर्ने रुसका एक प्रभावशाली सांसदले बताएका छन् ।
आइतवार प्रसारित एक टीभी अन्तर्वार्तामा संसद्का उपसभामुख लियोनिड स्लट्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनलाई गैरकूटनीतिक आलोचना गर्ने गरिएको बताए ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले पुटिनलाई हत्यारा भनेको सन्दर्भमा स्लट्स्कीको भनाइ आएको हो ।
स्लट्स्कीका अनुसार, यो टिप्पणी पुटिनमाथि मात्र नभई पूरै देशमाथि गरिएको र सांसदहरूले यस्ता किसिमका बयानमा कठोर प्रतिक्रिया जनाउनुपर्ने उनले बताए ।
‘
राष्ट्रपतिले देशको सुरक्षा गर्छन्, हामी सबैको सुरक्षा गर्छन्, त्यसैले हाम्रो संसद्ले राज्यप्रमुखलाई थप सुरक्षा दिनुपर्छ,’ उनले भने ।
‘राज्यप्रमुखहरूलाई अपमान गरेकोमा सजायको व्यवस्थाका बारेमा मैले आँकडा हेरेको छु र हामीले बाहिरबाट सिक्नुपर्ने हुन्छ । बेल्जियममा राज्यप्रमुखको अपमान गर्दा दुईदेखि तीन वर्षको सजाय हुन्छ । डेनमार्कमा तीनदेखि चार वर्षको । फ्रान्समा ४५ हजार युरोसम्मको जरिवानाको व्यवस्था छ । स्पेनमा ६ महिनादेखि दुई वर्षसम्मको कारावास सजाय छ,’ उनले बताए ।