×

फोहोर व्यवस्थापनमा सहयोग गरिदिन प्रभावित क्षेत्रका बासिन्दासँग महानगरको अनुरोध

चैत १६, २०७७

काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितको नाममा आज एक विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ । यसैगरी उत्पादकहरूलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारको लाई फोहोर संकलन गर्ने गाडी आएर पछि मात्र राखेर पठाउन आग्रह गरिएको छ । 


Advertisment

विभागका प्रमुख हरि कुमार श्रेष्ठको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा–२ स्थित ल्याण्ड फिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ । स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बताइसकेकाले माग पूरा हुने सम्वन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’


Advertisment

अहिले साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकोले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका  उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । वर्गीकरण गरिएकामध्ये कुहिने फोहोरलाई आफैले व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि घरमै राख्न तथा संकलन गर्ने गाडी आएपछि मात्र बाहिर निकालेर सहयोग गर्न विज्ञप्तिमा भनिएको छ । 

स्थानीय माग र सुनुवाइको वातावरणका विषयमा प्रतिक्रिया दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठले भने, ‘सिसडोल बासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ । यसलाई सकारात्मक रुपमा लिएर सहयोग हुने हाम्रो अपेक्षा हो । यदि निरन्तर अवरोध भयो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’

फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर माग राखेर फोहोर लैजान अवरोध गरेको छ । 

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x