०१ असार २०८३, सोमबार

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल

वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ल्याउने नीति तथा कार्यक्रम सम्बन्धमा उच्चस्तरीय छलफल शुरु गरेको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्षमा मन्त्रालय तथा मातहतका विभाग र निकायले गर्ने कार्यक्रमका बारेमा छलफल शुरु भएको बताइएको छ । सो अवसरमा मन्त्री आलेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने कार्यक्रम जनमुखी तथा नागरिकलाई प्रत्यक्ष लाभ फाइदा पुग्ने किसिमबाट पेश गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्