२८ असार २०८३, आइतबार

तुवाँलो कहिले हट्छ ? मौसम विभागसँगै छैन प्रष्ट जवाफ

तुवाँलो कहिले हट्छ ? मौसम विभागसँगै छैन प्रष्ट जवाफ

काठमाडौं उपत्यकासहित देशभर फैलिएको तुवाँलो कहिले हट्छ भन्नेमा जल तथा मौसम विभागनै स्पष्ट हुन सकेको छैन । विभागले मौसम विश्लेषणका आधारमा आगामी ३ दिनसम्म बायुमण्डल स्थिर अवस्थामा रहिरने भएकाले तुवाँलोको विषय तत्काल हट्ने अवस्था नरहेको बताएको छ ।

 त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था डडेलोको अवस्थामा निर्भर रहने विभागका प्रवक्ता सनत कुमार रेग्मीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक कार्यबाहेक घरबाट ननिस्कन र निस्कनु परेमा आवश्यक सतर्कता अपनाउन पनि विभागले अपिल गरेको छ ।    

salt training

कमेन्ट गर्नुहोस्