
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा एन्टिजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको चैत १० गतेदेखि उक्त विधिबाट परीक्षण शुरु गरिएको हो ।
नाकाबाट फर्किने सबैको नभएर भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिक, ज्वरो आएका नागरिकको मात्रै कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
हालसम्म ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।