सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने

इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले एक कार्यक्रकाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘ अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको छ । यसलाई डिजिटल बनाउन सहकरी र माईक्रोफाइनान्स्को भूमिका ठुलो रहेको छ । यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ ’।


Advertisement

यस्तै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले भने, ‘इसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्स्लाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सहज हुनुका साथै सहकारी र माइक्रोफाइनान्स्को निक्षेप पनि बढ्नेछ । यसले समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउनेछ ’ ।

सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रो फाइनान्स् डिजिटल भुक्तानीमा जोडिनेछन् । उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन् ।  जसबाट सहकारी तथा माइक्रो फाइनान्स्का सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स् भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्स्फर, बैंकमा रकम ट्रान्स्फर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन् । यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्स्का सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन् ।


Advertisement

कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्स्का  संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्