१६ असार २०८३, मंगलबार

नेपाल र रावलमाथिको कारबाहीपछि शंकर पोखरेल भन्छन् : यसले सबैको हित गर्छ

नेपाल र रावलमाथिको कारबाहीपछि शंकर पोखरेल भन्छन् : यसले सबैको हित गर्छ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले नेता शंकर पोखरेलले माधव नेपाल र भीम रावलमाथिको कारबाही पार्टीको अनुशासन भएको टिप्पणी गरेका छन् । 

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र रावललाई कारबाही गरेपछि उनले पार्टी अनुशासनले सबैको हित गर्ने बताएका हुन् । 

उनले विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्दा यसबाट उद्वेलित हुनुनपर्ने समेत बताएका छन् । 

उनले भनेका छन्,'विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन । पार्टी अनुशासनले सबैको हित गर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्