२३ असार २०८३, मंगलबार
कांग्रेस नेताको टिप्पणी

न्यायालयसहित राज्यका सबै अंगले स्वतन्त्रता गुमाए, देश कसको कन्ट्रोलमा छ भन्न गाह्रो- सिटौला

असार १६, २०८३
काठमाडौं
न्यायालयसहित राज्यका सबै अंगले स्वतन्त्रता गुमाए, देश कसको कन्ट्रोलमा छ भन्न गाह्रो- सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले न्यायालय लगायत राज्यका सबै अंगले स्वतन्त्रता गुमाएको टिप्पणी गरेका छन् । संविधानको मूल आत्मा बमोजिम देश सञ्चालन नभएको उनको भनाइ छ ।

संविधान मस्यौदा समितिका तत्कालीन सभापति समेत रहिसकेका राष्ट्रियसभाका सांसद सिटौलाले मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अहिले देश कसको कन्ट्रोलमा छ भन्न गाह्रो रहेको बताएका हुन् ।

‘अहिले राज्य सञ्चालन संविधान बमोजिम छ ? यहाँको प्रशासन, जुडिसियरी (न्यायालय), संवैधानिक निकायहरू इन्डिपेन्डेण्ट ढंगले के सञ्चालन छन् ?’ सिटौलाले भने, ‘मलाई लाग्छ; छैन । सबैले आफ्नो स्वतन्त्रता गुमाइसकेको अवस्था छ, आजको दिनमा । देश कसको कन्ट्रोलमा छ अनुमान गर्न र भन्न गाह्रो छ ।’

सिटौलाले संसद् भंग गरेर सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको दिनदेखि नै संविधान ट्रयाक बाहिर गएको दाबी गरे ।

‘संसद् भंग गरेर सरकार बनाउने राष्ट्रपतिको त्यो कदम हामी मान्न बाध्य भयौं । देश थाम्ने दलहरू अत्यन्त नाजुक भए, अझै नाजुक बन्दैछन्’, सिटौलाले भने ।

salt training

कमेन्ट गर्नुहोस्