१२ असार २०८३, शुक्रबार

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय यी स्थानीय तहले माननेनन्

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय यी स्थानीय तहले माननेनन्

शिक्षा मन्त्रालयले देशभर अस्वाभाविकरुपमा फैलिएको तुँवालोको कारण स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेपनि केही स्थानीय तहले त्यसलाई अस्वीकार गरेका छन् ।

मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।
तर विभिन्न स्थानीय तहले भने निर्णय नमान्ने सूचना निकालेका हुन् ।
तनहुँको भीमाद नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने जनाएको छ । यस्तै इलामको रोङ गाउँपालिका, इलाम नगरपालिका र विराटनगर महानगरपालिकाले पनि विद्यालय खुला राख्ने सूचना निकालेका छन् ।

आफूहरुको स्थानीय तहमा हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न खोजिएको सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्