
करेन्ट लागेर पाँचथरमा १ युवकको मृत्यु भएको छ ।
पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीवार बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुंगानालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।