२६ असार २०८३, शुक्रबार

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरे ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । बिहिबार आन्तरिक राजश्व कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई रेमिटलाई सम्मान गरेको हो ।
यो कुराको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड १९ कारण कार्यक्रमहरु गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिकरुपमा हुन सकेको थिएन ।

यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्