
नेपाली जुडो टोली किर्गिस्तानको बिस्केकमा सञ्चालन हुने एशियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने भएको छ ।
चार खेलाडीसहित सात सदस्यीय टोली प्रतियोगितामा भाग लिन शुक्रबार किर्गिस्तानतर्फ जाने नेपाल जुडो सङ्घले जनाएको छ । चैत २२ देखि २८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक महिला तथा तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष ६६ किलो मुनिको तौल समूहमा इन्द्रबहादुर श्रेष्ठ, महिला ४८ किलो मुनिको तौल समूहमा सोनिया भट्ट, ५७ किलो मुनिको तौल समूहमा देविका खड्का र ७० किलो मुनिको तौल समूहमा पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
चारै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) का पदक प्राप्त गरेका थिए ।