२२ जेठ २०८३, शुक्रबार

माल्दिभ्सको राजधानीमा कर्फ्यु अन्त्य

चैत १९, २०७७
माल्दिभ्सको राजधानीमा कर्फ्यु अन्त्य

माल्दिभ्सको राजधानी मालेमा लगाइएको कफ्र्यु हटाइएको छ ।

    माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कफ्र्यु अन्त्य गरिएको बिहीबार जानकारी दिएको हो ।

    सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कफ्र्यु हटाइएको उल्लेख छ ।

    उनका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कफ्र्यु लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कफ्र्यु लगाइएको पनि उनले सूचनामा उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्