
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले (केपी ओली) पक्षका नेता शंकर पोखरेलले एमालेभित्रको अन्तरसंघर्षमा माधव नेपालको चुनाव हारेको तोडले काम गरेको टिप्पणी गरेका छन् ।
शुक्रवार बिहान एक ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले चौथो कार्यकालका लागि नेता नेपाल उम्मेदवार बनेको र चुनाव हारेको भन्दै आज एमालेभित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको बताएका हुन् ।
उनले बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइएको स्मरण गर्दै नवौं अधिवेशनमा नेपालले चौथो कार्यकालका लागि उम्मेदवार बनेको बताएका छन् ।
वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा वस्ने विधान बनाइयो । तर नवौ अधिवेशनमा माधव कमरेड /आफै चौथो कार्यकालका लागि उमेद्वार वन्नु भो र चुनाव हार्नु भो । आज एमाले भित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ ।
— shankar.pokhrel (@shankarpokhrel8) April 2, 2021