
हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको पनि जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।