०७ असार २०८३, आइतबार

ताइवानमा ट्रेन दुर्घटना हुँदा ३६ जनाको मृत्यु

चैत २०, २०७७
ताइवानमा ट्रेन दुर्घटना हुँदा ३६ जनाको मृत्यु

ताइवानको पूर्वी भागमा शुक्रवार बिहान यात्रुहरूले खचाखच एक ट्रेन दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । 

घटनामा दर्जनौं मानिस घाइते भएको अधिकारीहरूले बताएका छन् । 

घाइतेलाई अस्पताल लगिएको छ भने कैयौं अझै पनि ट्रेनमै च्यापिएका छन् । 

ट्रेन लीकबाट झरेको थियो । 

सुरुङभित्र फसेका चारवटा डब्बाहरूमा उद्धारकर्ताहरू पुग्ने कोशिश गरिरहेका छन् । ती डब्बाहरू नराम्ररी कुच्चिएकाले त्यहाँ पुग्न गाह्रो परिरहेको छ ।

आठवटा डब्बा भएको ट्रेन ताइतुङतिर जाँदै थियो र त्यसमा ३५० जना यात्रु थिए । स्थानीय समयअनुसार बिहान ९ः२८ मा ट्रेन हुआलिएनभन्दा उत्तरतर्फ सुरुङभित्र ट्य्राकबाट झरेको थियो । 

आरम्भिक अनुसन्धानमा डब्बा दुई र तीन ट्य्राकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्