
दक्षिण अफ्रिकामा एक नेताले जूममा भइरहेको संसदीय बैठकका बेलामा कुरा गरिरहेको बेलामा उनकी पत्नी पूर्ण नग्न भएर क्यामराको फ्रेममा देखिएकी छन् ।
परम्परागत नेताहरूको संसद्का एक सदस्य सोलिल न्देभुले मंगलवार पूर्वी केप प्रान्तमा कोभिड–१९ का कारण भएको मृत्युका विषयमा कुरा गरिरहेका थिए ।
न्देभुले सहकारी सुशासन तथा परम्परागत मामिला समितिको बैठकमा पूर्वी केप स्थानीय चिकित्सकहरूसँग मिलेर काम गरिरहेको भन्दै गर्दा उनकी पत्नी कुनै पनि लुगा नलगाइकन भिडियो फ्रेममा देखिएकी थिइन् ।
समितिका सभापति फेथ मुताम्बीले न्देझुाई त्यतातर्फ इंगित गरेका थिए ।
फेथले भनिन्, ‘इन्कोसी, तपाईंपछाडि रहेका मानिसले सही तरिकाले कपडा लगाएका छैनन् । हामी सबैथोक देखिरहेका छौं । इन्कोसी, तपाईं बैठकमा हुनुहुन्छ भनी उनीहरूलाई बताउनुभयो ? हामीलाई यो देख्दा निकै अप्ठ्यारो लागेको छ ।’
मुताम्बीले त्यसपछि नेसनल हाउस अफ ट्रेडिसनल लीडर्सका अध्यक्ष इन्कोसी सिफो माहलांगुलाई जूम बैठकमा यस्ता घटना पहिले पनि हुने गरेको बताइन् ।
यो सुनेपछि न्देभुले अनुहार हातले छोपेका थिए र माफी मागेका थिए, ‘मलाई माफ गरिदिनुस् । म क्यामरामा फोकस गरिरहेको थिएँ, आफूपछाडि हेरिनँ । म लज्जान्वित छु ।’
बैठक बेलुका ७ बजे शुरू भएर १० बजे सकिने कुरा थियो तर लम्बियो र उनी बेडरूम गए ।
१० बजेपछि पत्नी बेडरूममा आएको उनले बताए ।