२९ असार २०८३, सोमबार

मेरो शेयरमा समस्या आएपछि सीडीएससीले माग्यो माफी, भन्यो इकोग्नीटोबाट खोल्नु

मेरो शेयरमा समस्या आएपछि सीडीएससीले माग्यो माफी, भन्यो इकोग्नीटोबाट खोल्नु

मेरो शेयरमा समस्या आएपछि अनलाइनमार्फत शेयर कारोबार गर्ने लगानीकर्ताहरू प्रभावित भएका छन् । 

लगानीकर्ताहरू प्रभावित भएपछि सीडीएससीले माफी मागेको छ । 

मर्मतको काम भइरहेको भन्दै सीडीएससीले मेरो शेयरमा अझै केही दिन समस्या देखिन सक्ने समेत बताएको छ । 

उसले लगानीकर्ताहरूलाई धैर्यताका साथ मेरो शेयर प्रयोग गर्न समेत भनेको छ । 

उसले प्राइभेट विन्डो वा इकोग्नीटोमार्फत मेरो शेयर लगइन गर्न समेत सुझाव दिएको छ ।  

कसरी गर्ने प्रयोग गर्ने प्राइभेट विन्डो तथा इकोग्नीटो ? 

इन्कोग्निटो विन्डो भनेको जस्तै तपाईंले गुगल क्रोम वेवसाइट खोल्नु भएको छ भने तपाईंले त्यसको दाँयातर्फ ३ वटा डट (थोप्लो) देख्न सक्नुहुन्छ ।

त्यहाँ क्लिक गर्नु भयो भने न्यू इन्कोग्निटो विन्डो हेर्न सकिनेछ । 

वा कुनै ब्राउजर खोलिसकेपछि किबोर्डमा कन्ट्रोल प्लस सिफ्ट प्लस एन टाइम गर्नु भयो भने इन्कोग्निटो विन्डो खुल्छ ।

दोस्रो तरिका भनेको तपाईंले पहिले खोलिरहेको वेव ब्राउजरभन्दा नयाँ ब्राउजर खोलेर पनि मेरो सेयर प्रयोग गर्न सकिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्