×

NMB BANK
NIC ASIA

बजेट निर्माणको चटारो

अर्थ मन्त्रालयमा चटारो : मन्त्री र कर्मचारीलाई भ्याइनभ्याइ, बजेट माग्नेहरूको लर्को !

चैत २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्रालय यतिखेर नयाँ बजेट निर्माणमा जुटेको छ । 

Muktinath Bank

संविधान अनुसार जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्न मन्त्रालय बजेट निर्माणमा जुटेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र विस्तारै माथि उठ्दै छ । महामारीका कारण अर्थतन्त्र खस्किएको र धेरैको रोजगारी गुमेको अवस्थामा बजेट आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने अवस्था छ ।


Advertisment
Nabil box
Kumari

एकातिर पुन​रुत्थानका प्याकेजहरू समेट्नुपर्ने र अर्कातर्फ बजेटको आकार पनि धेरै ठूलो बनाउन नसकिने बाध्यात्मक अवस्थाका कारण दोहोरो दबाबको स्थिति रहेको अर्थमन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

Vianet communication
Laxmi Bank

चालू आर्थिक वर्ष २०७७/७८ र त्यसअघिका २ आर्थिक वर्षको बजेट तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएका थिए ।

अर्थमन्त्री खतिवडाले ल्याएको बजेटप्रति सत्तारुढ दल तत्कालीन नेकपाका सांसदहरू नै असन्तुष्ट बनेका थिए । पहिलोपटक त पुरक बजेट ल्याउनुपर्ने मागसमेत जोडतोडका साथ उठेको थियो ।

डा. खतिवडाले खेपेको आलोचनाबाट पाठ सिकेर कमभन्दा कम आलोचना हुनेगरी बजेट ल्याउने अवसर वर्तमान अर्थमन्त्री विष्णु पौडेलसँग छ ।

अर्थमन्त्रीका रूपमा पौडेलले दोस्रो बजेट ल्याउन लागेका हुन् । पहिलो कार्यकालमा उनले आर्थिक वर्ष २०७३/०७४ को बजेट ल्याएका थिए । 

त्यतिबेला उनले ल्याएको बजेटको प्रशंसा भएको थियो ।

यसपटक पनि अर्थमन्त्री पौडेल केही हदसम्म पपुलिस्ट बजेट ल्याउने तयारीमा रहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

फेरिँदै मन्त्रीको दिनचर्या 

अर्थमन्त्रीका रूपमा दोस्रोपटक सिंहदरबार छिरेका पौडेलले कस्तो बजेट बनाउलान् भन्नेमा यतिखेर चासो देखिएको छ । त्यसो त अर्थमन्त्री बनेपछि पौडेलले केही सुधारका काम गरिसकेका छन् ।

मन्त्रालय स्रोतका अनुसार अहिले अर्थमन्त्री पौडेलको दिनचर्या निकै व्यस्त छ । अहिले मुलुकमा राजनीतिक माहोल निकै तरल छ, तर पनि पौडेल बजेट निर्माणमा नै व्यस्त भइरहेका छन् । ‘यस्तो अवस्थामा पनि राजनीतिका लागि समय दिन भ्याउनुभएको छैन,’ पौडेल निकट स्रोतले लोकान्तरसँग भन्यो ।

उनी बिहान ७ः३० मा अर्थमन्त्रालय पुगिसक्छन् भने बेलुका करीब ८ बजे मात्रै फर्कने गरेका छन् । उनीसँगै बजेट वक्तव्य मस्यौदा लेखन समितिका ५ सहसचिव ७ः३० देखि ८ बजेसम्ममा मन्त्रालय पुगिसक्छन् भने राति ८ बजेमात्रै मन्त्रालयबाट बाहिरिन्छन् ।

बजेट वक्तव्य मस्यौदा लेखन समितिमा मन्त्रालयका प्रवक्ता सुमन दाहाल, बजेट महाशाखा प्रमुख धनीराम शर्मा, सहसचिवहरू श्रीकृष्ण नेपाल, रामप्रसाद घिमिरे र रामेश्वर दंगाल रहेका छन् ।

बजेट माग्नेहरूको लर्को !

केही दिनयता अर्थमन्त्रालयमा चहलपहल बढेको छ । प्रायः अर्थमन्त्री पौडेललाई भेट्नका लागि भन्दै मन्त्रालय पुग्ने गरेका छन् ।

बजेट निर्माणका लागि एकातिर मन्त्रीको व्यस्तता हुन्छ भने अर्कातिर भेट्न आउनेलाई पनि समय त दिनुपर्ने बाध्यता रहेको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले लोकान्तरसँग भने, ‘अहिले दिनको ६/७ वटा समूह मन्त्रालयमा आउने गरेका छन्, बजेटको काममा व्यस्त मन्त्रीज्यूले उहाँहरूलाई नि केही समय छुट्याउनुपरेको छ ।’

अर्थमन्त्री तथा अर्थसचिवलाई भेट्न आउनेहरूमा स्थानीय तहका जनप्रतिनिधि, कतिपय सांसद र अन्य नेता/कार्यकर्ता समेत रहेका छन् । बजेटमा आफ्नो कार्यक्रमलाई पार्नका लागि उनीहरू मन्त्रालय धाउने गरेका हुन् । 

पछिल्ला केही दिनयता मन्त्रालयमा खुद्रे र कतिपय ठूला आयोजनाहरूका लागि बजेट माग्न यस्ता समूहको उपस्थिति बाक्लिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले लोकान्तरलाई बताए ।

मुख्य प्राथमिकता के ? 

अर्थमन्त्रालयले यसपटक आर्थिक पुनरुत्थान र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राख्ने तयारी गरेको छ । कोरोना महामारीपछि सुस्त बनेको अर्थतन्त्र उकास्नका लागि आर्थिक पुनरुत्थानमा बढी केन्द्रित हुनुपर्ने अर्थमन्त्रालयले जनाएको छ । यस्तै मुलुकमा नयाँ रोजगारी सिर्जना गर्नेतर्फ पनि बजेट अग्रसर हुने मन्त्रालय स्रोतले जनाएको छ । 

ठूला पूर्वाधार निर्माणका आयोजनाहरू कार्यान्वयनलाई निरन्तरता दिन पनि बजेट केन्द्रित हुने छ । 

नयाँ बजेटले स्वास्थ्य, शिक्षा तथा खानेपानीलाई पनि मुख्य प्राथमिकतामा राख्नेछ । कोरोना महामारीपछि स्वास्थ्य क्षेत्रमा विशेष लगानी गर्नुपर्ने अवस्था आएकाले पनि मन्त्रालय त्यता केन्द्रित भएको बताइएको छ । 

‘अर्थमन्त्री स्वयं नै स्वास्थ्य तथा खानेपानीलाई सर्वसुलभ बनाउनुपर्छ, त्यो पनि छिट्टै भन्ने मान्यता राख्नुहुन्छ, त्यसकारण उहाँको अहिलेको बजेटमा स्वास्थ्य तथा खानेपानीलाई महत्त्वका साथ राखिन्छ,’ अर्थमन्त्रालय स्रोत बताउँछ ।

यस्तो छ बजेटसम्बन्धी कार्यतालिका

अर्थमन्त्रालयले अहिले कार्यतालिकाको तेस्रो चरणमा प्रवेश गरेर काम गरिरहेको छ । कार्यतालिका अनुसार चैत १४ गतेदेखि २६ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल भइरहेको छ । 

चैत १ गतेदेखि बजेट निर्माणमा जुटेको अर्थमन्त्रालयले यसअघि बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरूबारे छलफल सकाएको छ । 

यस्तै बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गर्दै सुझाव संकलनको काम पनि मन्त्रालयले गरेको छ । 

मन्त्रालयले चैत १५ गतेसम्ममा विभागहरूलाई बजेट तर्जुमाका लागि ‘पोलिसी पेपर’ तयार गरी पेश गर्न निर्देशन दिएको थियो । केही विभागबाट अझै पनि यस्तो पेपर आउने क्रम जारी रहेको अर्थमन्त्रालयले जनाएको छ । 

एलएमबीआइएसमार्फत विषयगत मन्त्रालयहरूले बजेट चैत १५ गतेसम्ममा प्रस्ताव गर्ने भनिएकोमा यो केही समय लम्बिएको छ । कतिपय मन्त्रालयहरूले  प्रस्ताव गर्ने क्रममै रहेका छन् । 

यस्तै बिहीवारबाट बजेटको उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरूसँग प्रदेशगत छलफल शुरू भएको छ ।

चैत २३ गतेसम्म सांसदहरूसँग छलफल हुनेछ । यही अवधिमा अन्तरसरकारी वित्त परिषद्को बैठक समेत हुने मन्त्रालयले जनाएको छ । 

यस्तै प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सशर्त अनुदानसम्बन्धी छलफल चैत २२ देखि ३१ गतेसम्म चल्नेछ । 

आगामी २०७८ वैशाख २ देखि २५ गतेसम्म अर्थमन्त्रालयले मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल गर्नेछ । 

सोही मितिमा मन्त्रालयले वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम यकिन गरी बजेट राख्नेछ । 

२०७७ चैत २६ देखि २०७८ वैशाख २५ गतेसम्म अर्थमन्त्रालयले राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्रीहरू, पूर्व गभर्नर, पूर्व अर्थसचिव, वरिष्ठ अर्थशास्त्रीहरू लगायतबाट बजेट सुझाव संकलन कार्यतालिका रहेको छ । 

यस्तै आगामी वैशाख २५ गतेभित्र बजेट वक्तव्य मस्यौदा लेखन समितिले विनियोजन विधेयकका सिद्धान्तहरू र प्राथमिकताको मस्यौदा तयार पार्ने कार्यतालिका रहेको छ । 

यस्तै आगामी वैशाख २० गते अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता संघीय संसदका दुवै सदनमा पेश गर्ने कार्यसूची रहेको छ । 

मन्त्रालयका अनुसार, आगामी वैशाख २५ गतेसम्म प्राविधिक सहायता तथा अन्य गैर सरकारी संस्थामार्फत परिचालन हुने सहायता यकिन गरिनेछ ।

यस्तै वैशाख ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिम रूप दिइने तथा छपाइका लागि प्रेसमा पठाउने र मन्त्रालयगत प्रगति विवरण समेत छपाइका लागि प्रेसमा पठाउने कार्यसूची मन्त्रालयले तय गरेको छ ।

जेठ १ गते बजेट वक्तव्य लेखन टुंग्याइनेछ । यस्तै जेठ ५ गते राजस्व बोर्ड विकास समितिले अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गर्नेछ । 

जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट बिफ्रिङका लागि मस्यौदा तयार गरिनेछ भने १० गते बजेट ब्रिफ्रिङ गरिनेछ ।

यस्तै जेठ १० गते नै त्रिवर्षीय खर्च अनुमान सहित व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयार गरिनेछ भने सोही दिन व्यय अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गरिनेछ । 

जेठ १२ गते व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि प्रेसमा पठाइनेछ । 

यस बीचमा विभिन्न प्रक्रिया पूरा गर्दै अर्थ मन्त्रालयले आगामी जेठ १३ गते बजेट वक्तव्यलाई अन्तिम रूप दिनेछ भने जेठ १४ गते राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्)मा बजेट ब्रिफिङ गरिनेछ । 

जेठ १४ गते नै आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइका लागि पठाइनेछ  । सोही दिन नै बजेट वक्तव्य र स्रोत पुस्तिका छपाइका लागि पठाइनेछ ।

यसैगरी जेठ १४ गते नै संघीय संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयहरूको प्रगति विवरण पेश गरिनेछ ।

अन्तिममा, जेठ १५ गते संविधानतः अर्थमन्त्रीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x